News Category 2071/02/27

बालबालिकाद्वारा सरसफाइ सम्बन्धी सडक नाटक प्रदर्शन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २६ जेठ । 
१५ औ राष्ट्रय सरसफाइ सप्ताह अन्तरगत पाँचौ दिन सोमबार सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । 
नगरस्तरिय बाल संजालका सदस्यहरुले जनचेतना फैलाउने उद्देश्यले पहिलो पटक राजविराजमा सडक नाटक प्रदर्शन गरेका हुन् ।  
राजविराजस्थित वन कार्यालय अगाडी सडक नाटक प्रदर्शन गर्दै कलाकारहरुले चर्पीको प्रयोग नगरेमा दिसाबाट विभिन्न प्रकारको रोग लागने तथा सम्पूर्ण बस्तिमै रोग फैलिन सक्ने सन्देश दिन खोजेका छन् । 
ग्रामिण भेगमा खुला स्थानमा मानिसले दिसा गरेपछि झिंगाको माध्यमबाट रोगका किटानुहरु मानिसको शरीरमा प्रवेश गर्ने गरेको कुरालाई सडक नाटकको माध्यमबाट दर्शाउन खोजिएको छ । मानिसले खाना खाएपछि, दिसा गरेपछि साबुन पानीले राम्ररी हात धुने बानी बसाल्नु पर्छ भनी नाटकका कलाकारहरुले अर्को सन्देश दिन खोजेका छन् । 
राजविराज नगरपालीकाको सहयोग एवं सबल नेपालद्धारा आयोजित उक्त सडक नाटमा नगरस्तरिय बाल संजालका अध्यक्ष अमर यादव, विद्यानन्द यादव, अमर मण्डल, नमन सिंह र रानी साह नाटकमा अभिनय गरेका थिए । 
यसैगरि सरसफाई सप्ताहको पाँचौ दिन सोमबार ग्लोवल स्यानिटेसन फण्ड कार्यक्रम अन्तर्गत निम्न माध्यमिक विद्यालय देउरी भरुवामा सरसफाइ सम्बन्धी अन्र्तक्रिया कार्यक्रम संचालन भएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट