News Category 2071/02/29

हात्त धुवाउदै सरसफाइ सप्ताह सम्पन्न

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ जेठ । 
“खुला दिसा मुक्त गर्दे अघि वढयो नेपाल, सफा, सुन्दर गाँउ, शहर तराइ, पहाड, हिमाल भन्ने मुल नाराका साथ बुधबार १५ औं राष्ट्रिय सरसफाइ सप्ताह सम्पन्न भएको छ । 
जेष्ठ २२ गतेदेखि संचालन भएको सरसफाई सप्ताह राजबिराज नगरको बिभिन्न होटल ब्यावसायीहरुलाई सहि तरिकाले हात्त धुवाउदै तथा सावुन बित्तरण गर्दै समापन गरिएको छ । 
राजबिराज नगरपालिका तथा सबल नेपालको संयुक्त आयोजनामा संचालित उक्त कार्यक्रममा  सबल नेपालका परमेश्वर कुमार झा, अशोक साह र राजबिराज नगरपालिकाका कार्यक्रम अधिकृत प्रफुल्ल कुमार श्रेष्ठ, नायव सुब्बा कल्पना देव, जिल्ला प्रहरि कार्यालय सप्तरीका असई मिन बहादुर तामाङ लगायतले सहि तरिकाले हात धुने बिद्यि वारे तथा हात्त नधुनाले लाग्ने बिभिन्न रोगबारे जानकारी गराउदै सहि तरिकाले हात धुनाले ४४ प्रतिशत रोगमा कमी आउने सर्वसाधारण तथा होटल ब्यवसायीलाई जानकारी दिनुभयो । सोही कार्यक्रममा होटल ब्यवसायीलाई सावुन समेत बितरण गरिएको थियो ।
गत २२ गते देखि संचालन भएको उक्त कार्यक्रम अन्र्तगत पहिलो दिन वडा नं. ३ मा ¥याली सहित अन्तरकृया कार्यक्रम, दोश्रो दिन राजबिराज नगरवासिद्धारा सन २०१६ मै खुल्ला दिसा मुक्त क्षेत्र घोषण गर्ने प्रतिवद्धतामा हस्ताक्षर संकलन, तेश्रो दिन सावुन पानीले हात्तधुने अभियान, चौथो दिन वडा नं. ४ का नागरिक सचेतना केन्द्रका प्रतिनिधीलाई सरसफाइ सम्बन्धी गोष्ठी, पाँचौ दिन नगरस्तरीय बाल संजालद्धारा सडक नाटक, छैठो दिन पत्रकार स्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिति तथा नगरस्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिति बिच मैत्रीपुर्ण फुटवल समेत समापन गरिएको थियो । 
कार्यक्रम अन्र्तगत सहयोग गर्ने सम्पुर्ण नगरवासि, पत्रकार, सरोकारवाला लगायत सवैलाई कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न सहयोग गरेकोमा राजबिराज नगरपालिका तथा सबल नेपालद्धारा कृतज्ञता समेत ब्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट