News Category 2071/03/02

सप्तरी लगायत ३ सय ३१ विद्यालयको नतिजा शून्य

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज १ असार । 
परीक्षा नियन्त्रक विष्णुृबहादुर द्वारले प्रवेशिका परीक्षा (एसएलसी) को नतिजामा देशभरका तीन सय ३१ विद्यालयको नतिजा शून्य रहेको जानकारी दिनुभएको छ । 
पत्रकार समूहद्धारा आइतबार काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले मोरङमा १२, उदयपुरमा १३, काठमाडाँैंमा एक, सूर्खेतमा १०, बाजुरामा ११, अछाममा १७, डोटीमा १४, इलाममा १५, खोटाङमा ११, सप्तरीमा ११ र बाँकेमा १० विद्यालय शून्य रहेको जानकारी दिनुभयो । 
उहाँका अनुसार मुलुकमा सबभन्दा बढी पाँचथर जिल्लाका २३ विद्यालयको नतिजा शून्य रहेकोमा दुःख व्यक्त गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट