News Category 2071/02/30

संयुक्त दलित मोर्चा गठन गर्ने निर्णय

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २९ जेठ । 
बिभिन्न राजनीतिक दलमा आबद्ध दलित अगुवाहरुको बिहीबार राजविराजमा सम्पन्न भेलाले राष्ट्रिय संयुक्त दलित संघर्ष समिति गठन गर्ने निर्णय गरेको छ ।
राजनीति दल भन्दा माथि उठेर दलित समुदायको अधिकारका लागि संघर्ष गर्ने र संबिधानमा दलितका मुद्दाहरुलाई समेटिनका लागि सभासद्हरुलाई दबाब दिन दलित अगुवाहरुको सहभागितामा संयुक्त मोर्चा निर्माण गर्ने निर्णय भएको एकिकृत नेकपा माओवादी निकट दलित मुक्ति मोर्चाका नेता प्रथमलाल रामले जानकारी दिनुभयो । 
संबिधानसभामा दलित समुदायका सभासद्हरुको संख्या कम भएकोले दलितमैत्री संबिधान निर्माणको सम्भावना न्युन देखिएकोले दलितहरुको छुट्टै स्वतन्त्र मोर्चा गरि तत्काले संघर्ष थाल्ने निष्कर्षमा पुगेको दलित जनजाती पार्टीका जिल्ला उपाध्यक्ष तथा विश्वकर्मा उत्थान समाजका अध्यक्ष राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । 
मोर्चाको नामाकरणको बिषयमा निर्णय भइसकेपनि मोर्चामा बस्ने पदाधिकारी तथा सदस्यहरुको नामाबलीको सन्दर्भमा कुनै निर्णय भइन सकेको उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट