News Category 2071/03/04

ट्रकले मोटरसाईकललाई ठक्कर दिदा“ एक जनाको मृत्यु, एक घाईते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ जेठ । 
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहस्थित कोशी ब्यारेज सडक खण्डमा मंगलबार अपरान्ह मालबाहक ट्रकले मोटरसाईकलाई ठक्कर दिदाँ मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । 
पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.३ ख ७९८७ नम्बरको मालबाहक ट्रकले पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को. ४ प ४६३० नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक इलामको बौध–८ निवासी ३७ बर्षीय अशोक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
सोही दुर्घटनामा परी मोटरसाईकलमा पछाडी सवार मृतककी बहीनी ३० बर्षीया लक्ष्मी राई गम्भीर घाईते भएको र उहाँलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । गम्भीर घाईते राईको दुबै खुट्टा काटिएको छ ।
यसैबीच कन्टनेर चालकले ठक्करबाट घाईते भएका मोटरसाईकल चालक राईलाई ब्याक गरी किचेर मारेको भन्दै स्थानीय बासिन्दाहरुले एक घण्टा चक्का जाम गरेका थिए । उक्त क्रममा अवरुद्ध सडक सुचारु गराउन सुरक्षाकर्मीलाई लाठीचार्ज गर्नुपरेको थियो । लाठीचार्चले आधा दर्जन मानिस सामान्य घाईते भएको र चार जनालाई पक्राउ समेत गरेको छ । यता ठक्कर दिने कन्टनेर चालक रामेछाप ५ का सुर्यबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट