News Category 2077/12/28

बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 

दैनिक समाचारदाता

बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 

दैनिक समाचारदाता
राजविराज, २७ चैत । 
    बहुविवाह मुद्दाका फरार एक प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको महदेवा गाउँपालिका वडा नं. ५ का दिपेन्द्र दास रहेका छन् । 
    रानी देवी दासको जाहेरीको आधारमा २०७५ चैत २५ गते सप्तरी जिल्ला अदालतको फैसलाले दिपेन्द्र कुमार दासलाई एक बर्ष कैद र दश हजार जरिवाना तोकिएको थियो । 
    प्रहरीका अनुसार फैसला भएकै मितिले उनी फरार रहेकोमा ईलाका प्रहरी कार्यालय हनुमाननगरको प्रहरी टोलीले बिहीबार घरबाटै पक्राउ गरेको हो । 
    पक्राउ परेका दासलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट