News Category 2077/12/28

दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो

दैनिक समाचारदाता

दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो

दैनिक समाचारदाता
राजविराज, २७ चैत । 
    सप्तरीमा बिहीबार राती दुई मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको जयान गएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार राती ९ बजेतिर सप्तरीको शम्भुनाथ सडकखण्डमा स.६प. ५२४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स.८प. ७३३० नम्बरको मोटरसाइकलमा सवार सप्तरीको खडक नगरपालिका ९ बस्ने ३५ वर्षिय मो. अनवर अलीको ज्यान गएको हो । 
    सोही मोटरसाइकलमा सवार अर्का एक जना गम्भिर घाइते भएको तथा उनको बिराटनगरमा उपचार भइरहेको मृतकका परिवारजनले जनाएका छन् । 
    अलीको उपचारका लागि अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 
    यता ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट