News Category 2077/12/28

पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए

दैनिक समाचारदाता

पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए

दैनिक समाचारदाता
राजविराज, २७ चैत । 
    नेपाल पत्रकार महासंघ सप्तरीको कार्यसमिति सदस्यमा गोलाप्रथाबाट प्रेस मञ्च र प्रेस चौतारी गठबन्धनका उम्मेदवार खगेन्द्र कार्की चुनिएका छन् ।
    बिहीबार सम्पन्न मतगणनाका क्रममा प्रेस युनियन र प्रेस संगठन गठबन्धनका उम्मेदबार रामनारायण यादव र बिन्दु यादव तथा प्रेस मञ्च र प्रेस चौतारी गठबन्धनका गंगाप्रसाद साह र खगेन्द्र कार्कीले बराबर ४४/४४ मत ल्याएका थिए । 
    यस सम्बन्धमा शुक्रबार निर्वाचन समितिले दुबै पक्षका उम्मेदवारलाई राखेर गोलाप्रथाबाट नतिजा टुङ्गयाएको हो । सदस्य चयनका लागि गरिएको गोलाप्रथामा कार्कीले बाजी मारे । 
    यस अघि बिहीबारै सभापति पदमा प्रेस युनियन र प्रेस संगठन गठबन्धनका उम्मेदवार श्रवण देव बिजयी भएका छन् । उनी निकटत्तम प्रतिद्वन्दी मनोहर पोखरेल भन्दा ७ मत बढी ल्याएर सभापति पदमा देव बिजयी भएका हुन् । 
    त्यस्तै उपाध्यक्षमा बैद्यनाथ यादव, महिला उपाध्यक्षमा अम्बिका दाहाल, सचिवमा रामनारायण विश्वास, सहसचिवमा चन्दन यादव, समावेशी सहसचिवमा गोपालप्रसाद गुप्ता र कोषाध्यक्षमा नवीनकुमार गुप्ता निर्वाचित भए । दलित सदस्यमा राजकुमार पासवान, महिला सदस्यमा रश्मी झा, आदिवासी जनजाती सदस्यमा कृष्णा मण्डल, मधेशी सदस्यमा परिष कर्ण तथा खुल्ला सदस्यहरुमा दिनानाथ यादव, राजेन्द्र मिश्र, विद्ययानन्द राम निर्वाचित भएका हुन् । 
    यसैगरि राष्ट्रिय परिषद् सदस्यमा ढमला भट्राई, मनोजकुमार माझी र सुखराम यादव निर्वाचित भए भने प्रदेश परिषद् सदस्यमा अरुण कुमार तिवारी, शिवनारायण साह, देवेन्द्र मिश्र, रामअधिन साह, बृजमान तामाङ, दिनेश शर्मा र बिन्दु भट्राई बिजयी भए ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट