News Category 2077/12/29

उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व

दैनिक समाचारदाता

उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व

दैनिक समाचारदाता
राजविराज, २९ चैत । 
    उच्च बार एशोसिएशन राजविराजको सम्पन्न निर्वाचनबाट डिएलएका अध्यक्ष भरत यादवसहित सम्पूर्ण प्यानल निर्वाचित भएका छन् । 
    अध्यक्ष यादवले १ सय ६ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी पूण्य प्रसाद यादवले ५२ मत ल्याए भने अर्का अध्यक्ष पदका उम्मेदवार नवीन सिंहले ४० मत ल्याए ।  
    यस्तै उपाध्यक्षमा बाल कृष्ण ढुंगाना बिजयी भएका छन् । उनले ८६ मत ल्याए भने प्रतिद्वन्दी पार्वती कुमारी राउतले ७४ मत तथा कृष्ण कुमार केसीले ३९ मत प्राप्त गरे । 
    यसैगरि सचिवमा मो. समिम अख्तर अलि निर्वाचित भए । उनले ७९ मत प्राप्त गरे भने प्रतिद्वन्दीद्वय मनोज देवले ६१ र धर्मेन्द्र प्रसाद यादवले ५३ मत प्राप्त गरे । 
    यस्तै कोषाध्यक्षमा उपेन्द्र यादव बिजयी भएका छन् । उनले ९६ मत तथा उनका प्रतिद्वन्दी तेज नारायण चौधरीले ४९ र उमाशंकर देवले ४६ मत प्राप्त गरे । 
    यस्तै सदस्य तथा केन्द्रिय पार्षदहरुमा समेत डिएलएकै अधिकांश उम्मेदवारहरु बिजयी भएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट