News Category 2077/12/29

माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध तथा संगठन सुदृढिकरणका लागि दुई महिने अभियान चलाउने

दैनिक समाचारदाता

माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध तथा संगठन सुदृढिकरणका लागि दुई महिने अभियान चलाउने

दैनिक समाचारदाता
राजविराज, २९ चैत । 
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरीले दुई महिने लामो संगठन सुदृढिकरण तथा भ्रष्टाचार बिरुद्ध अभियान सुरु गर्ने भएको छ ।
    नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच भएको एकता र सर्वोच्च अदालतबाट भएको पछिल्लो पटक आएको फैसलाले अलग भएपश्चात् नेकपा माओवादी केन्द्र सप्तरीको अध्यक्ष अशोक कुमार मण्डलको अध्यक्षतामा बसेको प्रथम बैठकले सो अभियान चलाउने निर्णय गरेको हो । 
    उक्त अभियानको सुरुवात आगामी बैशाख ३ गतेदेखी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाबाट गरिने अध्यक्ष मण्डललदे जानकारी दिएका छन् । 
    बैठकपछि आइतबार सो पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलले पार्टीलाई संगठनात्मक रुपमा बलियो बनाउन तथा जिल्लास्थित विभिन्न कार्यालयमा मौलाउँदै गएको भ्रष्टाचार नियन्त्रण गर्न बैशाख ३ देखी दुई महिने संगठन सुदृढिकरण, जनसम्बन्ध बिस्तार तथा भ्रष्टाचार बिरोधी अभियान चलाउने निर्णय गरिएको जानकारी दिए । 
    अभियान प्रभावकारी ढंगले संचालन गर्न जिल्लाका १८ वटै स्थानिय तहमा प्रतिनिधि तोकेर जिम्मेवारी बाँडफाँड गरिसकेको उनको भनाई छ । 
    अभियान अन्तरगत जनवर्गिय संगठनहरुको भेला, सम्मेलन र प्रशिक्षण, सहिद, वेपत्ता तथा विभिन्न आन्दोलनका क्रममा घाइते भएका परिवारको घर घरमा सम्पर्क, स्थानिय निकाय र जिल्लास्थित विभिन्न कार्यालयमा भइरहेको अनियमितता र ढिलासुस्ती लगायतका विषयमा चैत ३० गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम समेटिएको सो पार्टीले जनाएको छ । 
    बैठकमा पार्टीका प्रदेश कमिटि सदस्य महेश यादव, अनिल, बिमल लगायत स्थानिय अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट