News Category 2078/01/01

कोरोनाका त्रासकाबीच रमजान सुरु 

दैनिक समाचारदाता

कोरोनाका त्रासकाबीच रमजान सुरु 

दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
    इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान नयाँ वर्षको सुरुवातसँगै बैशाख १ गते बुधबारबाट सुरु भएको छ । 
    सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान सुरु गरेका छन् । रमजान महिनामा एक महिनासम्म अनिवार्य रुपले ब्रत बसेर पवित्र धार्मिक ग्रन्थ कुरानको पाठ गर्ने चलन रहेको मुश्लिम अगुवा हासिम अन्सारी बताउँछन् । 
    रमजान महिनामा बालबालिका, बृद्ध, सुत्केरी र बिरामीलाई रोजा अनिवार्य नरहेको भन्दै अर्का स्थानिय मुस्लिम अगुवा फैयाज अन्सारीले अन्य हरेक मुश्लिम समुदायका सदस्यले रोजा बस्नै पर्ने प्रचलन रहेको बताए ।
    साँझ सूर्य अस्ताएपछि सो ब्रत तोड्ने अर्थात इफतयार गर्ने र रमजानका अवसरमा नवाज पढ्नुका साथै गरिब गुरुवालाई आफ्ना सम्पत्तिको केही हिस्सा दान गर्ने परम्परा रहेको राजविराज नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मो. अख्तरको भनाई छ । 
    यद्दपी गत वर्ष झैं यसपल्ट पनि कोरोनाको जोखिम कायमै रहेकाले सामूहिक नवाजका क्रममा मस्जिदहरुमा सहभागि हुनेको संख्या निकै घटेको उनको भनाई छ । 
    एक महिनासम्म रोजा बसेर महिनाको अन्तिम दिनको अघिल्लो दिन चन्द्रमा हेरेर स्थानिय इदगाहा र मस्जिदमा पुगेर सामुहिक नवाज पढेर हर्षोउल्लासका साथ ईद मनाउने चलन रहेपनि कोरोनाको जोखिमका कारण यस पल्ट पनि उक्त पर्व फितलो हुने स्थानिय मुश्लिम अगुवाहरु बताउँछन् । रमजान महिना मुश्लिम समुदायका लागि शुभलाभको महिना मानिन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट