News Category 2078/01/02

चैती छठको तयारी सुरु, आज नुहाई खाई 

दैनिक समाचारदाता

चैती छठको तयारी सुरु, आज नुहाई खाई 

दैनिक समाचारदाता
राजविराज, २ बैशाख । 
    हरेक वर्ष चैत महिनामा मनाइने चैती छठ गत वर्ष मलेमास परेकाले सोही वर्षको सरेर यस वर्ष बैशाख ५ गते मनाइदैछ । 
    नयाँ वर्षको सुरुवात सँगै कोरोनाको त्रास बढे पनि ब्रतालुहरु चैती छठ पर्वको तयारीमा जुटेका छन् । परिवारिक सुख:, शान्ति, कल्याण, रोगबाट मुक्ती तथा विभिन्न मनोकांक्षा पुरा हुने विश्वासका साथ श्रद्धापुर्वक मनाईने चैती छठ पर्व यस पल्ट शुक्रवार नुहाई खाई धार्मिक विधीबाट शुरु हुदैछ । 
    जलाशय सफा गर्ने, सजाउने र छठ पर्वमा प्रयोग हुने, पुजा समाग्री खरिद गर्ने क्रम शूरु भई सकेको छ । जसकारण बजारमा चहल पहल बढेको छ । 
    राजविराजको भगवती, कल्टु, तृुरन्ती र पुरनी पोखरी स्थित पुजा घाटमा चैती छठमा व्रर्तालु र दर्शनार्थी पुग्ने गरेका छन् । तर कार्तिक महिनामा मनाईने छठ पर्वमा जस्तो चैती छठ पर्वमा भने वर्तालु र दर्शनार्थीको उपस्थिती कम हुने गरेको भगवती मन्दिरका मूलपुजारी दुर्गानन्द मिश्रको भनाई छ ।
    वर्षमा दुई पटक कार्तिक र चैत महिनामा मनाइने छठ पर्व यो वर्ष तीन पटक परेको छ । तर यस पटक साईत र तिथी सरेकाले चैत महिनामा मनाउने गरिएको चैती छठ पर्व बैशाखमा सर्न गएको पण्डित रुपकान्त मिश्रको भनाई छ । कार्तिकको छठ पर्वलाई मुख्य छठ पर्व मान्ने चलन रहेपनि केही वर्ष यता चैती छठ मान्नेको संख्या पनि बढ्दो छ । 
    शुक्रवार नुहाई खाई विधीबाट शूरु हुने पर्व अन्तर्गत शनिवार खरना तथा आईतवार अस्ताउदो र सोमवार विहान उदाउदो सुर्यलाई अर्घ दिएर यो पर्व विधीवत सम्पन्न हुनेछ । 
     कोरोना संक्रमणको बढ्दै गएको असरका बीच स्थानीय प्रशासनले सार्वजनिक स्थानमा भिडभाड नगरी घरमै चाड पर्व मानाउन आग्रह गरेको छ । गत वर्ष पनि कोरोनाको जोखीमलाई ध्यानमा राखी स्थानिय प्रशासनले घरमै बैकल्पिक उपाय गरि चैती छठ मनाउन आग्रह गरेको थियो । प्रशासनको आग्रह मान्दै केहीले घरकै छतमा अस्थायी पोखरी निर्माण गरि विधीपूवर्क छठ पर्व मनाएका थिए भने अधिकांशले प्रशासनको आग्रहको बेवास्था गर्दै जलाशय किनारमै पुगि चैती छठ पर्व मनाएका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट