News Category 2078/01/02

ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो 

दैनिक समाचारदाता

ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो 

दैनिक समाचारदाता
राजविराज, २ बैशाख ।    
    ज्येष्ठजनसंग आशिष थापेर दुई दिने जुडशितल पर्व मनाइएको छ । मिथिलाञ्चलको साँस्कृतिक महत्व बोकेको जुडशितल पर्व विहीवार सम्पन्न भएको छ । 
    आरोग्य, शीतलता र दीर्घ जीवनका लागी प्रत्येक वर्ष बैशाख २ गते मनाईने यस पर्वमा बालबालिका तथा किशोर किशोरी एक आपसमा हिलोमाटो दलेर रमाईलो गर्छन भने ज्येष्ठजनले आ–आप्mनो सन्तानको टाउकोमा शीतल जल खन्याएर आशिष दिन्छन । 
    गर्मीको स्वागतमा नयाँ वर्षको प्रारम्भ संगै मनाईने दुई दिवसीय जुडद्दशितल पर्वको पहिलो दिन बुधवार “सतुवाइन” गरिएको थियो । सतुवाईनका क्रममा घरका देवी देवतालाई प्रसादका रुपमा सातु, गुड चढाएर परिवारमा खाने परम्परा रहेको छ । 
    दोश्रो दिन विहीवार परिवारका ज्येष्ठ सदस्यले आपुृm भन्दा कान्छोलाई शिरमा जल राखी आर्शिवाद दिएर यो पर्व मनाएका छन ।
    यता जुडशितल कै अवसरमा पोखरी तथा इनार स्थानीय युवाहरु मिली सफा गर्छन र सफा गर्दा निस्केको हिलो पानी एक आपसमा दल्ने गर्छन् । यस दिन हिलो पानीले होली खेले चर्म रोगबाट मुक्ती पाउने जनविश्वास रहेको छ । 
    जुडशितलको दिन घर घरमा चुलोको समेत पुजा गरिन्छ । साँझको खाना समेत बिहानै पकाएर चुलो निभाइन्छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट