News Category 2078/01/03

बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु

दैनिक समाचारदाता

बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ खण्डमा शुक्रबार बिहान बसले एम्बुलेन्सलाई ठक्कर दिदा एम्बुलेनस चालकको मृत्यु भएको छ ।
    पश्चिमबाट पूर्वतर्फ आइरहेको ना.६ख. ७८९२ नम्बरको यात्रुबाहक बसले शम्भुनाथ नगरपालिका ३ स्थित शम्भुनाथ मन्दिर प्रवेशद्वार नजिकै विपरीत दिशाबाट आउँदै गरेको स.१च. ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक सिरहाको सुखीपुर निवासी ४५ वर्षिय छेदिलाल कामतको घटनास्थलमै मृत्यु भएको हो । 
    मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामेश्वर मुरारका अस्पतालमा पठाइएको छ । ठक्कर दिने बस प्रहरी नियन्त्रणमा लिइए पनि चालक भने फरार भएको र खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट