News Category 2078/01/03

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ 

दैनिक समाचारदाता

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ 

दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
    बैकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई सप्तरी प्रहरीले  शुक्रबार पक्राउ गरेको छ ।
    घरमै लुकिबसेको गोप्य सूचनाको आधारमा राजविराज १६ निवासी करण कुमार दासलाई प्रहरीले पक्राउ गरेको हो ।
    काठमाडौंस्थित नवमैत्री बचत तथा ऋण सहकारी संस्था लि. का प्रबन्धक डिल्लीप्रसाद भट्टराईको जाहेरीले वादी नेपाल सरकार भएको बैंकिङ कसुर मुद्दामा २०७७ मंसिर १५ गते प्रतिवादी दासमाथी उच्च अदालत पाटन, ललितपुरको संयुक्त बाणिज्य इजलासले १२ लाख जरिवाना र १० दिन कैद सजाय ठहर गरेको थियो । 
    फैसला लगत्तै फरार भएका दासलाई पक्राउ गरि शुक्रबारै सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट