News Category 2078/01/03

हात्तिको आक्रमणबाट एकको मृत्यु

दैनिक समाचारदाता

हात्तिको आक्रमणबाट एकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
    सप्तरीमा जंगली हात्तिको आक्रमणबाट शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ । 
    मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह (कोशी ब्यारेज) का ६५ वर्षिय नारायण प्रमाणि राजधोबको रहेका छन् । 
    घटनास्थलमा हात्तिको पाइलाको निशानका साथै प्रमाणीको शरीरको विभिन्न भागमा हात्तिले सुड तथा पाइलाले थिचेको चोट पटक र निल डाम देखिएको प्रहरीको भनाई छ । 
    शुक्रबार बिहान आफ्नै खेतमा मृत अवस्थामा फेला परेका प्रमाणीको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याई पुर्‍याइएको प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । 
     यसअघि गत मंसिर २७ गते पनि सप्तरीको सुरुङा नगरपालिका ३ का ७० वर्षिय सीताराम साहको हात्तिको आक्रमणबाट ज्यान गएको थियो । 
    कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्कने जंगली हात्तिको आक्रमणबाट निरन्तर जनधनको क्षति भइरहदा पनि स्थानिय प्रशासन र आरक्ष प्रशासनले नियन्त्रणको ठोस उपाय नचालेको भन्दै स्थानिय आक्रोसित भएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट