News Category 2071/03/07

लुटिएको सुनचा“दी खरिद गरेको आरोप ज्वेलर्सका सञ्चालक पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ असार । 
सप्तरीको हनुमाननगरका ब्यापारी दम्पतिको हत्या पश्चात उहाँको घरबाट लुटिएका सुनचाँदीका गरगहना लुटेरा समुहबाट खरिद गरेको आरोपमा प्रहरीले एक सुनचाँदी पसलका सञ्चालकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले सुनसरीको लौकहीस्थित पुष्पाञ्जली ज्वलर्सका सञ्चालक सुबोध स्वर्णकारलाई गोप्य सुचनाको आधारमा सप्तरीको रुपनीबाट पक्राउ गरेको हो । 
पक्राउ परेका स्वर्णकारलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । 
सप्तरीको हनुमाननगरका ब्यापारी प्रेमसुख बेगबानी र उहाँको श्रीमति सरोजदेवी बेगबानीको हत्या पश्चात निजको घरबाट लुटिएको सुनचाँदीका गरगहना स्वर्णकारको सुनचाँदी पसलबाट बरामद भएपनि स्वर्णकार फरार भएको प्रहरीले बताएको थियो । 
गत जेठ २१ गते राती आफ्नै घरमा सुतिरहेका ब्यापारी दम्पति बेगबानीको लुटेरा समुहले हत्या गरि लुटपाट गरेका थिए । 
सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको श्रीपुर जब्दी–७ का मोहम्मद हैदर अली र सुनसरी हरिपुर–७ का मोहम्मद कैयुज मियाँलाई पक्राउ गरि सार्वजनिक गरिसकेको छ । उक्त घटनामा संलग्न अन्य चार जना फरार रहेको र खोजी कार्य जारी रहेको प्रबक्ता बैदवारले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट