News Category 2071/03/09

बोरिया गाविस “पूर्ण खोप” गाविस घोषणा हु“दै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ८ असार । 
सप्तरीको बोरिया गाविस “पूर्ण खोप” गाविस आज घोषणा हुँदैछ । कोशीदेखी नारायणी नदीसम्मको मधेशका आठ जिल्लामा पहिलो पटक सप्तरीको बोरिया गाविस पूर्ण खोप गाविस घोषणा हुन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 
बोरिया गाविसका पूर्ण खोप आयोजक समिति संयोजक तेजकान्त झाले बोरिया गाविसमा १२–१३ महिनाका बालबालिकामा सर्वेक्षण गरि १ वर्ष भित्रका लक्षित २ सय २३ बालबालिकालाई बि.सी.जी., डिप्टी–हेप, बी–हीव, पोलियो र दादुरा रुवेला खोपहरु दिइसकिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 
उहाँले गाविसमा जनचेतना मूलक कार्यक्रम ल्याउँदै लक्षित बालबालिकाहरुलाई शतप्रतिशत खोप दिलाउन मद्दत पु¥याउने गाविसको उपस्वास्थ्य चौकी तथा वडाका आमा समूह एवं स्वयम सेविकाहरु प्रति आभार व्यक्त गर्नुभयो । 
सोही पत्रकार सम्मेलनमा संयोजक झाले गाविसमा विभिन्न जातीय विविधता तथा अन्धविश्वासका बाबजुद पनि बोरिया पूर्ण खोप घोषणा हुन लागेकोमा सम्पूर्ण गाविसवासीलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो । 
सोमबार (आज) हुने “पूर्ण खोप घोषणा” कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको जानकारी दिँदै सम्पूर्ण सम्बन्धित निकाय तथा बोरियावासीलाई सहभागिता भई कार्यक्रम सफल पार्न अनुरोध समेत गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट