News Category 2078/01/26

सात सय अक्सिजन सिलिण्डर बरामद

दैनिक समाचारदाता

सात सय अक्सिजन सिलिण्डर बरामद

दैनिक समाचारदाता
राजविराज, २६ बैशाख । 
    प्रदेश २ प्रहरी कार्यालयले प्रदेश भरिबाट आइतबार सात सय अक्सिजन सिलिण्डर बरामद गरेको छ । 
    स्वास्थ्य प्रयोजन वाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले प्रदेशका विभिन्न उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरुमा स्टक गरी राखेको ती अक्सिजन सिलिण्डर प्रहरीले बरामद गरेको जनाएको छ ।
    प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले नेपाल प्रहरीको सक्रियतामा १ सय ३२ वटा भरी सिलिण्डर र ५ सय ६८ वटा खाली सिलिण्डर बरामद गरेको जानकारी दिएका छन् । 
    यता प्रहरीले कोरोना महामारीका बेला स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनको लागी स्टक गरी राखेको ब्यक्ती तथा सम्बन्धित निकायलाई आवश्यक कार्वाहीको लागी थप अनुसन्धान कार्य भईरहेको जनाएको छ । 
    प्रदेश प्रहरीले वर्तमान विषम परिस्थितीमा स्वास्थ्य प्रयोजन बाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नगरिदिन हुन अपिल गर्दै जथाभावी तवरबाट स्टक गरी प्रहरी कारवाहीमा फेला परेमा सम्वन्धित व्यक्ति, निकाय उपर प्रचलित ऐन कानून बमोजिम कारवाही हुने जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट