News Category 2078/01/29

ट्रकले लियो पति पत्नीको ज्यान

दैनिक समाचारदाता

ट्रकले लियो पति पत्नीको ज्यान

दैनिक समाचारदाता
राजविराज, २८ बैशाख । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहामा मंगलबार बिहान एक मालवाहक ट्रकले ठक्कर दिँदा साइकलमा सवार एक दम्पत्तिको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा स्थानिय ४५ वर्षिय सत्यनारायण मंडल र उनकी ४० वर्षिया पत्नी सुनितादेवी मंडल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    लकडाउनका समयमा बिहान ६ बजेतिर छिमेकी बजार बरमझियामा गई केही घरायसी समान खरीद गर्ने योजनाका साथ साइकलमा निस्केका मंडल दम्पत्तिलाई विपरीत दिसाबाट तिब्र गतिमा आउँदै गरेको ना.६ख. ३८६१ नम्बरको ट्रकले ठक्कर दिएको हो । 
    ट्रकले ठक्कर दिएपछि गम्भिर घाइते भएका दुबैलाई तत्कालै उद्दार गरि उपचारका लागि भारदह अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ भने ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट