News Category 2071/03/12

एमाले महाधिवेशनका लागि सप्तरीबाट प्रतिनिधि चयन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ असार । 
नेकपा (एमाले) को नवौं महाधिवेशनका लागि सप्तरी जिल्लाबाट १९ जना प्रतिनिधी चयन भएका छन् । 
महाधिवेशनका लागि सप्तरीबाट १९ मध्ये ११ जना प्रतिनिधी सर्वसम्मतीबाट चयन हुनुभएको छ भने ८ जना निर्वाचन प्रक्रियाबाट चयन हुनुभएको जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले जानकारी दिनुभयो । 
सप्तरी क्षेत्र नं. १ मा सुमनराज प्याकुरेल, रामनारायण यादव र महिलातर्फ असरादेवी चौधरी निर्वाचित हुनु भएको छ । प्याकुरेलले ४१८, यादवले ३५८ र चौधरीले ३८७ मत ल्याइ विजयी हुनु भएको हो । उहाँहरुको प्रतिद्वन्द्वी उषा पोखरेल ७६ र लक्ष्मी श्रेष्ठ ६५ मत प्राप्त गर्नुभयो । 
त्यसैगरि क्षेत्र नं. ४ मा पूर्व जिल्ला सदस्य रामलखन मुखियाले सबैभन्दा बढी २२० मत ल्याई विजयी हुनुभएको छ । यस्तै जिल्ला उपाध्यक्ष अब्दुल मजिद साकिरले १९९ मत ल्याई निर्वाचित हुनु भएको छ । उहाँहरु दुबैको निकटत्म प्रतिद्वन्द्वि जिल्ला सदस्य विश्वनाथ मण्डलले १८४ र जिल्ला सचिव शम्भु यादवले १८१ मत ल्याउनु भएको छ । त्यस्तै महिलातर्फ मुन्नी साहले ८ मतको फरक अन्तरले चन्द्रकलादेवीलाई पराजित गर्नुभयो । चन्द्रकलादेबी यादवले १८१ मत ल्याउनुभएको थियो ।  
त्यस्तै क्षेत्र नंं ५ मा पार्टीका जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले २०९ र महिलातर्फ सुजानदेवी साहले १८१ मत ल्याई विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी महेश चौधरीले ७० र जसोमती देवी साहले ९३ मत प्राप्त गर्नुभयो ।
यसअघि ११ जना निर्विरोध निर्वाचित भइसक्नु भएको पार्टीका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । यसरी निर्विरोध हुनुभएकाहरु क्षेत्र नंं २ मा शैलेन्दचन्द्र झा, लक्ष्मण मण्डल र सुगियादेवी यादव, क्षेत्र नं. ३ मा शंकर देवकोटा र अम्विका मण्डल, क्षेत्र नं. ६ मा देवचन्द्र झा र बिना यादव निर्विरोध निर्वाचित हुनुभएको छ । 
यस्तै मजदुरबाट धिरेन्द्र बर्मा निर्विरोध निर्वाचित हुनु भएको छ भने दलितबाट जुगेश्वर पासवान, महेन्द्र पासवान र विष्णुदेव राम सर्वसम्मतीले चयन हुनुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट