News Category 2071/03/14

बालविवाह र दहेज प्रथा बिरुद्ध ज्ञापन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ असार । 
बालविवाह र दहेज प्रथा अन्त्यका लागि शुक्रबार दुई संस्थाले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।   रेस्फक र हुर्क नेपाल संस्था संयुक्त रुपमा शुक्रबार राजविराजमा ¥याली निकाली जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाएको हो । 
अहिले अवस्थामा बालविवाह र दहेज प्रथाले जडो गाड्दै गएकोले त्यसलाई सामाजिक स्तरबाटै बहिष्कार गर्नुपर्ने उल्लेख गर्दै ज्ञापनमा बालविवाहको पूर्ण अन्त्यका लागि तथा दहेजप्रथालाई निरुत्साहित गर्न जोडदार माग गरिएको छ ।
यस्तै ज्ञापनमा आधुनिक सभ्यतामा विवाह हुनु भन्दा पूर्व नै वर पक्षबाट दहेजको रुपमा जिन्सी र नगद माग गर्ने गरेकोले विवाहका कारक तत्वमा केटा र केटीबीचको समानता नभई दहेजको स्थान सर्वोपरी हुन गएको उल्लेख छ । दहेज प्रथा पर्वत जस्तो भारी, बाढी जस्तो भिषण भेल, आगो जस्तो पोल्ने र कोइला जस्तो कालो रुपमा परिणत हुदै आएको ज्ञापनपत्रमा जनाइएको छ । 
तसर्थ यस्ता विकृतीलाई उन्मूलन गर्न गराउन सरकारी स्तरबाट बालबालिका र महिलाको अधिकारको समाजमा पूर्णमा सुरक्षाको माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट