News Category 2071/03/14

एमाओवादी नेताका हत्या आरोपितस“ग धरौटी माग

दैनिक समाचारदाता

राजविराज, १३ असार । 
एमाओवादी जनसङ्गठन मोर्चाका तत्कालीन अध्यक्ष एवम् पूर्व जनसरकार प्रमुख गोविन्द चौधरीको हत्याको आरोपमा सारस्वर–५ गौरा टोलका ताराकान्त यादवसँग अदालतले शुक्रबार धरौटी मागेको छ ।
जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासबाट सप्तरीको खोक्सरप्रवाहा–१ का ३२ वर्षीय एमाओवादी नेता दिपु भनिने गोविन्द चौधरीको हत्या आरोपमा यादवसँग रु २५ हजार धरौटी माग्ने आदेश भएको हो ।
आरोपित यादवको निर्देशनमा बोदे बर्साइन गाविस–४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पु¥याई पीडितलाई पाँचवटा गोली हानी हत्या गरेको आरोप छ । मृतकको २०६४ असार १० गते राजविराजस्थित अञ्चल अस्पतालमा शव परीक्षण भएको थियो ।
मृतकका दिदी धनगढी गाविस–३ की ३६ वर्षीया रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालयमा २०६४ असार १४ गते यादवसमेत नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् ।
सो हत्या आरोपमा २०६४ असार १४ गते हतियारसहित गिरफ्तार भएका रामपुर जमुवा गाविस–१ का २४ वर्षीय जगदीशप्रसाद भगतलाई अदालतले २०६७ चैत १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अर्का आरोपित सारस्वर गाविस–६ का २९ वर्षीय ज्याबुल मियाँले २०६७ चैत १९ गते सफाइ पाएका थिए भने हत्या घटनामा फरार रहेका अन्य सात जनाको मुद्दा अदालतमा मुल्तबीमा रहेको छ ।
एक अर्को हत्याको आरोपमा आरोपित यादव राजविराज कारागारमा जन्मकैदमा छन् । सारस्वर गाविस–६ निवासी नेपाली काँग्रेस गाउँ विकास समितिका सभापति ५० वर्षीय इन्द्रनारायण यादवको हत्या आरोपमा उनलाई अदालतले गत जेठ २१ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । 
गोली प्रहार गरी २०६९ असार २८ गते राति यादवको हत्या गरेको आरोपमा उनी असार २९ गते गिरफ्तार भएका थिए । रासस

प्रतिकृया दिनुहोस

ताजा अपडेट