News Category 2071/03/23

जेठाजुद्वारा भाई बुहारी र भतिजाको हत्या

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २२ असार । 
सप्तरीको मल्हनिया गाविसमा आइतबार दिउँसो दुईजनाको हत्या भएको छ । हत्या हुनेमा एक महिला र बालक रहेका छन् । 
मल्हनिया २ निवासी रामेश्वर यादवले आफ्नै भाई बुहारी र भतिजोलाई कोदालो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । 
इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक बिजय यादवका अनुसार रामेश्वरले भाई बुहारी ३० वर्षिया रितादेवी यादव र उनका १० वर्षिय छोरा मनिषकुमार यादवलाई कोदालो प्रहारी गरि हत्या गरेका हुन् । हत्या भएको समयमा भाई कामेश्वर खेत गएको स्थानियहरुले बताएका छन् । 
हत्या भए लगत्तै स्थानियहरुले रामेश्वरलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरि बुझाएका छन् । 
हत्याको के कारणले गरिएको सम्बन्धमा अहिले अनुसन्धान थालिएको प्रहरी निरिक्षक यादवले बताउनुभयो । 
यता छरछिमेकीले मृतक रितादेवी खेतमा काम गर्ने मजदुरका लागि खाना पकाई रहेको बेला अचानक रामेश्वर खेतबाट घर आई बुहारी र भतिजामाथी कोदालो प्रहार गरेको जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट