News Category 2071/03/20

विपी विचार समाजको पहलमा नगरको विभिन्न स्थानमा सोलार लाईट जडन गरिदै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ असार । 
राजविराज नगरपालिकालाई व्यवस्थित तथा सफा गर्न विभिन्न स्तरबाट सहयोग भइरहेको छ । 
नगरमा बढ्दो लोडसेडिङका कारण नगरवासी अध्यारोमा बस्न बाध्य भइरहेको समयमा अहिले नगरको विभिन्न स्थानमा सोलार लाइट जडन गरिएको छ । 
विपी विचार समाज सप्तरीको समन्वय तथा उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंको सहयोगमा अहिले राजविराज नगरको विभिन्न स्थानमा सोलार लाइट जडन गरिएको हो । 
नगरमा हालसम्म २१ स्थानमा सोलार लाइट जडन गरिसकेको विपी विचार समाजका अध्यक्ष रामकुमार यादवले जानकारी दिनुभयो । 
अध्यक्ष यादवले विपी विचार समाजको पहलमा उर्जा प्रवद्र्धन केन्द्रले ६० वटा सोलार लाईट राजविराज नगरपालिकालाई दिने सम्झौता भएको जानकारी दिनुभयो । 
उहाँले नगरमा बढ्दो लोडसेडिङको समयमा चोरीको घटना बढ्दै गएको, बत्ति नहुने समयमा यात्रुहरुलाई गन्तव्यसम्म पुग्न अफ्ठ्यारो हुने गरेको लगायतका समस्याका कारण नगरको विभिन्न स्थानमा सोलार लाईट जडन गरिएको बताउनुभयो । 
सोलार लाइट जडन गर्नका लागि लाग्ने खर्चमा उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले ६० प्रतिशत, राजविराज नगरपालिका तथा जिविस सप्तरीले २०÷२० प्रतिशत दिने सम्झौता समेत भएको उहाँले जानकारी दिनुभयो । 
जडन गरिएका सेलार लाइट साँझ हुने बित्तिकै आफै बल्ने तथा बिहान उज्यालो हुने बितिक्कै आफै निभ्ने गरेकोले यसका लागि कुनै स्विच प्रयोग नभएको अध्यक्ष यादवले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट