News Category 2071/03/24

संसदीय विकास कोष र नगरपालिकाको सहयोगमा बृक्षा रोपन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २३ असार । 
राजविराज नगरलाई स्वच्छ हराभरा गर्ने उद्देश्यले अहिले नगरको विभिन्न स्थानमा बृक्षा रोपण गर्न थालिएको छ । 
राजविराजस्थित रुपनीमोड, सिडियो बंगला रोड, जिल्ला अदालत रोड, राम मन्दिर रोड, पत्रकार महासंघ रोड लगायतका स्थानमा राजविराज नगरपालिकाले बृक्षा रोपन कार्यलाई तिब्रता दिएको छ ।
यसैबीच सभासद् रन्जु झा ठाकुरको संसदीय विकास कोषबाट राजविराज नगरपालिकाको सहयोगमा सोमबार बृक्षा रोपन गरिएको छ । 
प्रमुख जिल्ला अधिकारी नरहरि बराल र राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले संयुक्त रुपमा बृक्षा रोपन गर्नुभयो । 
राजविराजस्थित सिडिओ बंगलादेखी जिल्ला अदालतसम्मको सडक छेउमा उक्त बृक्षा रोपन गरिएको राजविराज नगरपालिका कार्यालयका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ्गले जानकारी दिनुभयो । 
सो क्षेत्रमा १ सय वटा अशोकको बोट रोपिएको तथा ती सबैलाई जालीले ढाक्ने कार्य गरिएको उहाँले जानकारी दिनुभयो । ती कार्यलाई सभासद् कोषबाट ८५ हजार रकम निकासा भएको छ । 
यस्तै सभासद् ठाकुरले रु. १ लाख रकम सिलाई मेसिन खरीद गर्नका लागि राजविराज नगरपालिका कार्यालयलाई दिएको अधिकृत गुरुङ्गले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट