News Category 2071/03/32

फेसबुकमा कमेन्ट लेखेका रहमानले पाए सफाई

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३१ असार । 
सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेखेका सप्तरीका पोर्ताहा १ निवासी अब्दुल रहमानलाई मंगलबार जिल्ला अदालत काठमाडौंले सफाई दिएको छ । 
जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको आदेशले उहाँले सफाई पाउनु भएको हो । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले रहमानमाथि दायर गरेको विद्युतीय कोराबार ऐन अन्तर्गतको मुद्दामा पेश भएको सबुत, प्रमाण र रहमानको कसुरले सो मुद्दा चल्ने नदेखिएकोले रहमानलाई अदालतले सफाई दिएका हो ।
सप्तरी प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत सप्तरी जिल्ला अदालतसँग पाँच वर्षसम्मको कैद र रु एक लाखसम्म जरिवाना माग गर्दै रहमान बिरुद्ध विरुद्ध मुद्दा दायर गरेको थियो । 
सप्तरी जिल्ला अदालतले विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौँ जिल्ला अदालतको भएको भन्दै आदेश गरेपछि प्रहरीले उहाँलाई काठमाडौँ पु¥याएको थियो । 
नागरिक दैनिकमा प्रकाशित ‘सप्तरीमा सुध्रँदो सुरक्षा’ भन्ने शीर्षकको समाचार पत्रकार झाबाट फेसबुकमा सार्वजनिक हुँदा गत जेठ १७ गते राति रहमानले “केको सुध्रिनु आफ्नै चोरी भएको बाइक फर्काउन पैसा तिर्नु परिरा’छ । त्यो पनि ५० हजार ।” भन्ने प्रतिक्रिया लख्नु भएको थियो ।
प्रतिक्रियाबाट आक्रोशित प्रहरीले राजविराज–३ स्थित रहमानकै जुत्ता–चप्पलको पसल अगाडिबाट गत जेठ १८ गते दिउँसो १ बजे गिरफ्तार गरी विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दा चलाएको थियो ।
यसअघि काठमाडौँ जिल्ला अदालतले रु पाँच हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट