News Category 2070/03/14

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न एघार जनाको दावेदारी

दैनिक समाचारदाता

नर्मदेव यादव
रुपनी (सप्तरी), १३ असार ।
सप्तरीको रायपुरस्थित कन्छु नरप्रताप उच्च माविमा विद्यालय व्यवस्थापन समिति अध्यक्षका लागि ११ जना अगाडि आएका छन् । यस विद्यालयमा बिगत एक बर्षदेखि समिति छैन् ।
समिति नहुँदा बिभिन्न काम प्रभावित भइरहेको सन्दर्भमा बिहीबार बोलाइएको अभिभावक भेलामा ११ जना अभिभावक अध्यक्ष पदका लागि अगाडि आएका हुन् । उनीहरुले विद्यालयमा सुधार गर्ने भन्दै अध्यक्षको दाबेदारी प्रस्तुत गरेका छन् । दावेदारी दिनेमा एक जना महिला समेत छन् ।
अभिभावक भेलाको उद्घाटन सम्पन्न भएपछि गठनको प्रकृया अगाडि बढाइएको थियो । यस क्रममा एघार जना अभिभावक अध्यक्षको प्रत्यासी अगाडि आएको विद्यालयका प्रधानाध्यापक पर्शुराम यादवले जानकारी दिनुभयो ।
अध्यक्ष पदमा दावेदारी प्रस्तुत गर्नेमा कृषक महिला मीनादेवी यादव पनि हुनुहुन्छ ।
यस्तै अन्यहरुमा गजेन्द्र यादव, शत्रुद्यन मण्डल, लालबहादुर मेहता, राजदेव मण्डल, शिबशंकर मण्डल, दीपनारायण साह, रामकृष्ण यादव, जुगेश्वर यादव, गंगाराम यादव र सदानन्द यादव हुनुहुन्छ ।
यसमध्ये गजेन्द्र यादव फोरम लोकतान्त्रिक, सदानन्द यादव फोरम नेपाल, लालबहादुर मेहता सद्भावना, शत्रुद्यन मण्डल एमाले पार्टीसँग आबद्ध हुनुहुन्छ ।
अभिभावक भेलामा सर्वसम्मति गर्ने प्रयास गरिएपनि हुन नसकेको र आगामी आइतबार श्रोत व्यक्तिहरु बोलाएर सर्वसम्मतिका लागि प्रयास गरिने प्रअ पर्शुराम यादवले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट