News Category 2071/03/31

नमुना गाविस रायपुरको कृषि सडक जिर्ण बन्दै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३० असार । 
सप्तरीको नमूना गाविस मध्ये एक रायपुर गाविसको कृषि सडक खण्ड बर्षौदेखि जिर्ण हुँदा त्यहाँका स्थानीयबासीहरुलाई आवतजावतमा समस्या भइरहेको छ ।
वि.स. २०५५ सालमा मुख्य सडकलाई कृषि सडक घोषणा गरिएको थियो । उक्त कृषि सडक समान्य वर्षा भए पनि हिलोमय हुने गरेको छ । जस कारण त्यहाँका स्थानीयहरुलाई सडक भएर आवत जावतमा दिनहुँ समस्या भइरहेको छ ।
कृषि सडक घोषणा गरेको १५ वर्ष बितिसक्दा समेत सडक बनाउँने योजना कागजमै सीमित रहेको छ । 
रायपुर गाविसको रुपनी, कटैया, मलेकपुरसम्म जाने सो सडक खण्ड समान्य वर्षामा पनि हिलोमय हुने गरेको स्थानिय हरेराम यादवले बताउनुभयो । उक्त सडकको मर्मत सम्भारका लागि गाविस, जिविस तथा सम्बन्धीत कुनै पनि पक्षको ध्यान नदिएको स्थानीयहरुको आरोप छ ।
व्यापारीक सडकको रुपमा बिस्तारको पखाईमा रहेको सो सडक खण्ड भारतको अन्द्रामण्ठदेखि लिएर उदयपुरसम्म पुग्न सजिलो बाटो रहेकोले उक्त सडकप्रति समयमै गाविस, जिविस तथा नेपाल सरकारको ध्यान जानु पर्ने सद्भावना पार्टीका युवा नेता दिनेश कुमार यादवको भनाइ छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट