News Category 2071/03/30

लाखौ रकम खर्चे पनि सखडा सडकको अवस्था जस्ताको त्यस्तै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ असार । 
बर्षेणी लाखौ रकम खर्चे पनि सप्तरीको राजविराज–सखडा सडक खण्ड जिर्ण हुदा श्रद्धालुहरुलाई आवतजावतमा समस्या भइरहेको छ ।
समान्य वर्षामा पनि सो सडक खण्ड जिर्ण हुदाँ सडक भएर दिनहुँ सयौ श्रद्धालु भक्तजन तथा सर्वसाधारणहरुलाई आवत जावतमा समस्या उत्पन्न हुने गरेको स्थानीयहरुले बताएका छन ।
सडकका खाल्टाखुल्टी पुर्नेतर्फ ध्यान नदिदा वर्षाको पानी जमेपछि सडक भन्दा पनि पोखरीको रुपमा परिणत हुदै गएको छ ।
यसैविच लगातारको वर्षाले राजविराज–सखडा सडक खण्ड अन्तर्गत बिष्णुपुर र कोचाबखारीमा सडक पोखरीको रुपमा परिणत भएको छ । सडकमा रहेका तीन÷चार फिट गहिरा खाल्टामा पानी भरिदा यस्तो अवस्था आएको हो । सडकमा पानी जमेपछि सडक हिलाम्मे भएको छ । सडकमा पानी भरिएपछि छिन्नमस्ता गाविस स्थित सखडेश्वरी भगवती मन्दिर दर्शनका लागि आवतजावत गर्ने श्रद्धालु भक्तजन लगायत हजारौ यात्रुहरु सास्ति भोग्न वाध्य भएका छन् । पानीभरीएको खाल्टोमा सवारी साधन फस्ने तथा पत्ति भाचिने समस्याले सवारी मालिकलाई पनि समस्या भईरहेको छ ।
सडकमा पानी भरिएपछि स्थानीयका भैसीपाडा आहाल खेल्ने गरेको प्रत्यक्षदर्शीहरु वताउछन् । यति मात्र होईन स्थानीयले सडकमै गाई, गोरु, बाख्रा लगायत चौपायाहरु बांधेर समेत थप समस्या उत्पन्न गरिरहेको उनीहरुले वताए । पशुचौपायाको गोबर तथा फोहोर सामग्री सडकमै फालिएका कारण यात्रुहरु थप मार्कामा परिरहेका छन् ।
सडकमा हास तेरिने र पशु आहाल बस्ने पोखरी बनेको छ सप्तरीको बिष्णुपुर २ का प्रमोदकुमार यादवले भन्नुभयो “वर्षामा चिप्लने र सुख्खामा धुलोले केहि नदेखिदा खाल्डोमा परिने डर भइरहन्छ ।”  पानीको उचित व्यवस्थापन हुन नसक्दा स्थानीयको ट्युवेलको पानी र वर्षाको पानी पनि सडकमै आउदा सामान्य वर्षामा पनि पोखरी जस्तै देखिएको यादवले बताउनुभयो ।
दुई वर्ष अघि सडक निर्माणका लागि ठेक्का लागेपनि ठेकेदारको काम कछुवाको गतिमा चल्दा दुई वर्षमा १० प्रतिशत काम पनि नभएको स्थानीयहरुको आरोप छ । सडकमा भएका खाल्टा खुल्टीले १० किलोमिटर वाटो पार गर्न समेत यात्रुहरुलाई हम्मे हम्मे पर्ने गरेको छ । ३० देखि ४५ मिनेट लगाएर सवारी साधनले वल्लवल्ल उक्त वाटो छिचोल्ने गरेपनि यसतर्फ कसैले ध्यान नदिएकोमा सर्वसाधारणले समेत चिन्ता ब्यक्त गरेका छन् । 
मुलुककै प्रशिद्ध शक्ति पिठहरु मध्येको एक छिन्नमस्ता भगवती मन्दिर पुग्न प्रयोग हुने वाटो मर्मत सम्भारमा समेत सम्वन्धित निकायले ध्यान नदिएकोले त्यसमा ध्यान दिन उनीहरुले माग समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट