News Category 2071/04/02

मुस्लिम महिलाहरु महिला अधिकारको बारेमा खुलेर बहश गर्न थाले

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १ साउन । 
सप्तरीको सदरमुकाम राजविराज नगरपालिका ९ की मुस्लिम समुदायका महिलाहरु खुलेर आप्mनो अधिकारको बारेमा बहश गर्न थालेका छन् ।
यसअघि मुस्लिम समुदायका महिलाहरु घुघँटोमै सीमित रहने महिलाहरु पनि अचेल महिला अधिकारको बारेमा खुलेर बहश गर्दै आएका छन ।
एलजिसीडिपीको सहयोग तथा राजविराज नगरपालिकाको आयोजनामा राजविराजमा आयोजित भलुवाही सचेतना केन्द्रका सदस्यहरुलाई एक दिने क्षमता अभिबृद्धि सम्बन्धि तालिममा सहभागि मुस्लिम महिलाहरुले महिला अधिकारको बारेमा यसरी खुलेर बहश गरेका हुन ।
तालिममा सहभागि राजविराज नगरपालिका ९ की सहजान खातुन यसअघि महिलाको अधिकार, काम, कर्तव्यको बारेमा केही पनि जानकारी नभएको बताउँदै उनले सचेतना केन्द्रमा अवद्ध भएका दिनदेखि आफुले महिलाको के कति अधिकार रहेको छ सो बारेमा अब खुलेर बहश गर्न आईरहेको बताईन ।
उनी जस्तै सो तालिममा सहभागि अर्का महिला मुस्तफा खातुन पनि महिला अधिकारको बारेमा अहिले खुलेर बहश गर्न थालेकी छिन । यसअघि मुस्लिम समुदायका महिलाहरु घरको चार दिवारी तथा घुघँटोमै सिमित रहेको बताउँदै तालिममा सहभागि अधिकांश महिलाहरु सचेतना केन्द्रमा अवद्ध भएका दिनदेखि अचेल महिला अधिकारको बारेमा खुलेर बहश गर्न थालेका छन । 
सो एक दिने क्षमता अभिबृद्धि तालिममा प्रा. सुरेन्द्र प्रसाद गुप्ताले पर्दामा बस्ने यी मुस्लिम समुदायका महिलाहरु खेलेर सचेतना केन्द्रमा बहश गर्न थालेकोमा खुशि ब्यक्त गर्दै उनीहरुका लागि ठोस सीपमुलक कार्यक्रम ल्याउँनुपर्नेमा जोड समेत दिनुभयो ।
सो तालिममा राजविराज नगरपालिकाका शाखा अधिकृत प्रफुल श्रेष्ठ, सामाजिक परिचालक रंजिता कुमारी यादव, पत्रकारद्धय चन्दन कुमार यादव, शुभ नारायण यादव सहितकाहरुले सहजिकरण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट