News Category 2071/04/03

७ करोड ६३ लाख १६ हजार ९ सय ६५ रुपैया“ ५४ पैसा फ्रिज

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २ साउन ।
आर्थिक वर्ष २०७०÷७१ मा जिल्ला विकास समिति सप्तरीको ७ करोड ६३ लाख १६ हजार ९ सय ६५ रुपैयाँ ५४ पैसा रकम फ्रिज भएको छ । 
गाविस अनुदान तर्फ ३ करोड ६५ लाख १३ हजार ९ सय ८७ रुपैयाँ, सुनौलो हजार दिन कार्यक्रमको २ करोड ६२ लाख ९६ हजार, जिल्ला विकास समिति अनुदान तर्फ ५१ लाख ५ हजार ५ सय ३४ रुपैयाँ ९९ पैसा, ग्रामिण खानेपानी तथा सरसफाई तर्फ ८२ लाख ६ सय ९९ रुपैयाँ ४ पैसा, स्थानीय यातायात पुर्वाधार क्षेत्रगत तर्फ १२ लाख ४२ हजार ९ सय ७५ रुपैयाँ ८५ पैसा, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तगर्त १४ लाख ५६ हजार ७ सय ३ रुपैया ३१ पैसा, साना सिचाई नदी नियन्त्रण तर्फ २ लाख ८१ हजार २ सय ३१ रुपैयाँ ३८ पैसा, स्थानीय शान्ति समितिको ३ लाख २९ हजार ९ सय ५३ रुपैया, आदिवासी जनजाती उत्थान राष्ट्रिय तर्फ ३४ हजार २ सय ४५ रुपैया ७९ पैसा, पिछडिएको सामुदाय उत्थान विकास तर्फ १० हजार ४ सय ६४ रुपैया १८ पैसा र स्थानीय शासन तथा सामुदायिक तर्फ ४२ लाख २५ हजार १ सय ७१ रुपैयाँ फ्रिज भएको जिल्ला विकास समिति सप्तरीले जनाएको छ । 
यता गाविस अनुदान तर्फ ६ वटा गाविसले एक किस्ता पनि रकम निकासा नलिएको निमित्त स्थानीय विकास अधिकारी सुरेश राउतले बताउनुभयो । एक किस्ता पनि निकासा नभएका गाविसहरुमा पिप्रा पुर्व, कंचनपुर, को.बसाईन, नर्घो, बेल्ही र मानराजा रहेका छन ।
नेपाल अधिराज्यमै सबैभन्दा बढी १ सय १४ गाविस भएको सप्तरीका ४२ वटा गाविसले मात्र तेश्रो किस्ता निकासा लिएको जिल्ला विकास समिति सप्तरीका सहलेखापाल श्याम यादवले जानकारी दिनुभयो । 
यस्तै सुनौलो हजार दिन कार्यक्रम जिल्लाको २९ गाविसमा संचालन हुनुपर्नेमा १५ वटा गाविसमा मात्र संचालन भएकोले २ करोड ६२ लाख ९६ हजार रकम फ्रिज भएको हो । कार्यक्रम संचालनका लागि ढिलो परिपत्र आएको कारणले १५ गाविसमा मात्र कार्यक्रम संचालन भएकोले रकम फ्रिज भएको सहलेखापाल यादवले बताउनुभयो । 
निमित्त स्थानीय विकास अधिकारी सुरेश राउतले आव २०७०÷०७१ मा सम्पन्न भएको सम्पुर्ण योजनाहरुको अनुगमन गरेर मात्र रकम निकासा गरिएको जानकारी दिनुभयो । उहाँले आव २०६९÷०७० भन्दा आव २०७०÷०७१ मा बढी रकम फ्रिज भए पनि आव २०७१÷०७२ का लागि स्थानिय विकास मन्त्रालयले निकासा गर्ने अनुदान रकममा कुनै कटौती नगर्ने जानकारी दिनुभयो ।
यस्तै उहाँले सप्तरीमा दुई वटा नगरपालिका थप भएकोले आव २०७१÷०७२ का लागि ९९ गाविसको मात्र अनुदान रकम आउँने समेत जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट