News Category 2071/04/04

भगवती पोखरी आधुनिक तरिकाबाट निर्माण हुने

दैनिक समाचारदाता


   राजविराज÷राजविराजस्थित भगवती पोखरीलाई जिर्णोद्वारका लागि लाखौं रकम निकासा गरिएको छ । 
राजविराजको मुटुमा रहेको यो पोखरी वर्षौदेखी मर्मतको पखाईमा जिर्ण बन्दै गएको अवस्थामा अब यसलाई आधुनिक तरिकाबाट निर्माण गर्न लागिएको नगरस्तरिय शान्ति समितिका संयोजक शम्भुलाल देवले जानकारी दिनुभयो । 
आ.ब. २०७०÷७१ को सम्पन्न नगर परिषदमा योजना पेश भएपछि यसलाई आधुनिक तरिकाले निर्माणका लागि जगेडा कोषको सहयोगमा रु. ७० लाख रकम छट्टयाइएको छ । 
पोखरीको सरसफाई, पोखरीको बीचमा फाउण्टेन, छेउमा छठ पर्वका लागि घाट निर्माण, फुलवारी, पार्क निर्माण तथा पोखरीमा बोटिङ्गको व्यवस्था गरिने लगायतका कार्यहरु हुने संयोजक देवले जानकारी दिनुभयो । 
आगामी भदौंबाट पोखरीको आधुनिक तरिकाबाट निर्माण कार्य सुरु हुने उहाँले जानकारी दिनुहुँदै पोखरीको निर्माण सम्पन्न भएपछि यहाँ प्रवेश गर्नका लागि सहुलियत दरमा शुल्कको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट