News Category 2070/03/16

डिआइजीस“गै जर्वजस्ती रकम मागेपछि ...

दैनिक समाचारदाता

दैनिक संवाददाता
भारदह (सप्तर)ि, १४ असार ।
सबारीसाधनहरुसँग जर्वजस्ती रकम असुल्ने तीन जनालाई प्रहरीले सप्तरीको पोर्ताहा गाविसबाट बिहीबार राति नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारदह गाविस १ का वर्ष २७ का भारोसी यादव, पोर्ताहा ६ निवासी वर्ष १८ का सन्तोष साह र त्रिकोल गाविस ३ बस्ने वर्ष २४ का अमित यादव छन् । पोर्ताहा ६ स्थित पूर्व पश्चिम राजमार्गमा रातिको समयमा सबारीसाधन रोकी जर्वजस्ती रकम असुल्दै गरेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय भारदहको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
श्रोतका अनुसार पूर्वाञ्चलका प्रहरी प्रमुख (डिआइजी) सुरेन्द्रबहादुर शाह राति १०ः३० बजेतिर विराटनगरतर्फ गइरहेको अवस्थामा तीनै जना मिलेर गाडी रोकाएका थिए । नीजि गाडीमा सबार डिआइजीसँगै रकम माग्न थालिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसअघि पनि राजमार्गको बिभिन्न ठाउँमा कर असुली गर्ने कार्य हुँदै आएपनि यसतर्फ कसैले ध्यान दिन सकेको थिएन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट