News Category 2071/04/07

जन्म दर्ता अभियान सुरु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ साउन । 
सप्तरीको पाँच गाविस मध्ये बेल्ही चपेनामा मंगलबारदेखि जन्मदर्ता अभियान सञ्चालन भएको छ ।
सपोर्ट नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल (एससिडिसी नेपाल) को आयोजनामा बेल्ही चपेना गाविसमा दुई दिने जन्मदर्ता अभियान सञ्चालन भएको हो । 
सो अभियानको जिल्ला विकास समिति सप्तरीका डिई किशोर साहले उद्घाटन गर्नुभयो । 
जन्मदर्ता अभियान शिविरमा पहिलो दिन ४७ जना बालबालिकाको जन्मदर्ता गरिएको गाविस सचिव दिनेशकुमार यादवले जानकारी दिनुभयो । 
जन्मदर्ता गराउनबाट वञ्चित रहेका बालबालिकाहरुको जन्मदर्ता गराई उनीहरुको भविष्य सुनिश्चित गर्ने उद्देश्यले जन्मदर्ता अभियान सञ्चालन गर्न लागिएको एससिडिसी नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले बताउनुभयो ।
एससिडिसी नेपालले सञ्चालन गरिरहेको समावेशी, जवाफदेहि तथा पूर्ण शान्तिकालागि सहयोग कार्यक्रमअन्तर्गत सो जन्मदर्ता अभियान सञ्चालन गर्न लागेको संस्थाका कार्यक्रम संयोजक राजेश झाले जानकारी दिनुभयो ।
यस्तै गम्हरिया प्रवाहामा ८ र ९, पत्थरगाडामा १० र ११, अर्नाहामा १२ र १३ तथा ब्रह्मपुर गाविसमा १४ र १५ गते जन्मदर्ता अभियानअन्तर्गत शिविर राखेर जन्मदर्ता गराइने कार्यक्रम रहेको संयोजक झाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट