News Category 2071/04/08

बेल्ही चपेनामा ३ सय बालबालिकाको जन्म दर्ता

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ७ साउन । 
सप्तरीको बेल्ही चपेना गाविसमा बुधबार सम्पन्न दुई दिने जन्मदर्ता अभियान शिविरमा ३ सय जना बालबालिकाको जन्म दर्ता गराइएको छ ।
सपोर्ट नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल (एससिडिसी नेपाल) को आयोजनामा बेल्ही चपेना गाविसमा दुई दिने जन्मदर्ता अभियान सञ्चालन भएको हो । 
जन्मदर्ता अभियान शिविरमा पहिलो दिन ४७ जना र दोश्रो दिन २ सय ५३ बालबालिकाको जन्मदर्ता गरिएको गाविस सचिव दिनेशकुमार यादवले जानकारी दिनुभयो । 
जन्मदर्ता गराउनबाट वञ्चित रहेका बालबालिकाहरुको जन्मदर्ता गराई उनीहरुको भविष्य सुनिश्चित गर्ने उद्देश्यले जन्मदर्ता अभियान सञ्चालन गर्न लागिएको एससिडिसी नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले बताउनुभयो ।
सो शिविर जिल्लाको पाँच गाविसमा गराइने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । जसअन्तरगत गम्हरिया प्रवाहामा ८ र ९, पत्थरगाडामा १० र ११, अर्नाहामा १२ र १३ तथा ब्रह्मपुर गाविसमा १४ र १५ गते गराइने कार्यक्रम रहेको कार्यक्रम संयोजक राजेश झाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट