News Category 2071/04/11

३५ प्रतिशत मात्र रोपाई खडेरीको प्रवल सम्भावना

दैनिक समाचारदाता

राजविराज÷साउनको पहिलो साता सम्ममा सप्तरीमा करिब ३५ प्रतिशत मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । 
समयमा पर्या—प्त वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था नभएको कारणले सप्तरीमा किसानहरुले धान रोप्न पाएका छैनन् । 
जिल्लाको कुल खेतियोग्य क्षेत्रफल ७० हजार हेक्टर मध्ये साउन महिनाको पहिलो सात्ता सम्ममा करिब ३५ प्रतिशत मात्र धान रोपाई भएको कृषि कार्यालयका सप्तरीका प्रमुख अशोक कुमार दास यादवले बताउनुभयो । 
उहाँले भन्नुभयो “साउनको पहिलो सात्ता सम्ममा जिल्लामा करिब ५० देखि ६० प्रतिशत सम्म धान रोपाई हुनुपर्थो तर त्यसको नभएकोले यस वर्ष जिल्लामा खडेरीको प्रवल सम्भावना रहेको छ ।”
जिल्लाका पश्चिमी, पुर्वी, उत्तरी र केही दक्षिणी भेगका किसानहरु मोटरबाट पानी हालेर धान रोप्न बाध्य भएका छन । जिल्लाको मलेकपुर गाविस ५ का एक किसान राम नारायण यादवका अनुसार आफुहरुको खेतमा धान रोप्न पर्याप्त मात्रामा पानी नहुदाँ सिचाईको अभावमा मोटरबाट पानी हालेर धान रोपाई गरिरहेको बताउनुभयो । 
उहाँ जस्तै खासगरी जिल्लाको पश्चिमी भेगका अधिकांश गाविसमा पानीको अभावमा तथा सिचाईको उचित व्यवस्था हुन नसकेका कारण त्यस भेगका किसानहरुले मोटरबाट खेतमा पानी हालेर धान रोप्न बाध्य भएका छन् ।
पानीको अभावमा यहाँका किसानहरुले मोटरबाट खेतमा पानी हालि जसो तसो धान रोपाई गर्दै आएको स्थानीय किसानहरुको भनाई छ । खेतमा पानी छैन धान कहाँबाट रोप्ने प्रश्न गर्दै जिल्लाको कशहा गाविस ४ का किसान माधव कुमार राय भन्नुहुन्छ, “यस वर्ष पनि खडेरी हुने प्रवल सम्भावना रहेको छ । समयमा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था हुन नसक्दा आफुहरुले साउनको पहिलो साता सम्ममा पनि धान रोप्न पाएका छैनौं, वर्षभरी के खाने चिन्ताले आफु किसानहरुलाई पिरोलेको छ ।”
प्रत्येक वर्ष समयमा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था हुन नसकेका कारण यहाँका किसानहरुलाई खडेरी पर्ने गरेकाले त्यस तर्फ राज्य तथा सम्बन्धित निकायको ध्यान जान नसकेको कृषकहरुको गुनासो रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट