News Category 2071/04/12

बालकको हत्या गर्ने बुबा विरुद्ध जाहेरी

दैनिक समाचारदाता

दैनिक संवददाता
राजविराज, ११ साउन । 
सप्तरीको कोचावखारी ९ कुपहीका ५ वर्षीय बालक गोविन्द खङ्गको हत्या गरी फरार रहेका उनका बुबा ३५ वर्षीय श्रवण खङ्ग खत्वेविरुद्ध आईतबार जाहेरी दर्ता भएको छ ।
मृतकका मामाली हजुरबुबा दिघवा गाविस ७ का सीताराम खङ्ग खत्वेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।
बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा बालकको शव बरही वीरपुर १ स्थित घोडदह खोलाको किनारमा रहेको पिपलको रूखनजिक शुक्रबार फेला परेको थियो । मृतक बालकको शव दुई मिटर पश्चिम हत्यामा प्रयोग भएको बन्चरोसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी केदार ढकालले जानकारी दिनुभयो ।
घटनापछि हत्याका आरोपित श्रवण खङ्ग फरार रहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक वर्र्षअघि मृतकका आमाले आत्महत्या गरेपछि उनका बुबा श्रवणको मानसिक सन्तुलन गुमाएको जस्तो गर्दै आएको गाउँहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट