News Category 2071/04/14

जिल्ला आयुर्वेदिकद्वारा औषधी पसलमा अनुगमन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ साउन । 
जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र सप्तरीको नेतृत्वमा मंगलबार राजविराज नगरपालिका तथा आसपासका क्षेत्रमा रहेका विभिन्न औषधी पसलहरुको अनुगमन गरिएको  छ । 
विभिन्न अ‍ैषधी पसलमा अनुमति बिनानै आयुर्वेदिक औषधीको समेत विक्रि भइरहेको सूचना पाएपछि अनगुमन गर्नुपरेको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र सप्तरीका प्रमुख डा. शिवशंकर यादवले जानकारी दिनुभयो । 
राजविराज सिरहा रोडस्थित ओम साई आयुर्वेद औषधी पसल, मलेठस्थित आरोग्य केन्द्र, मदननगरस्थित नेचुरल आयुर्वेद, राजविराज मेन रोडस्थित कृष्णा फार्मेशी, हटियास्थित लक्ष्मी आयुर्वेद, साई बाबा आयुर्वेद र चाँद मेडिसिनमा अनुगमन गरिएको प्रमुख यादवले बताउनुभयो । 
अनुगमन पश्चात् पसलहरुमा समय गुज्रिएको आयुर्वेद औषधी, अनुमति बिनानै आयुर्वेदिक औषधीको विक्रि, इलेक्ट्रोनिक्स पसलमा औषधी विक्रि लगायतका कार्यहरु भएकोले ती औषधी पसल संचालकहरुलाई बुधबार स्वास्थ्य केन्द्रमा बोलाई छलफल गरिने प्रमुख यादवले बताउनुभयो ।    
अनुगमन टोलीमा जिल्ला अनुगमन अधिकृत सुरेश सिंह, आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डा. शिवशंकर यादव, प्रहरी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट