News Category 2071/04/15

सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी जनचेतना फैलाउ“दै

दैनिक समाचारदाता

शुभ नारायण यादव
राजविराज,१४ साउन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजले बढदो सवारी दुर्घटना न्युनिकरणका लागि राजविराजमा बुधबार जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको थियो । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका निमित प्रमुख बिष्णु प्रसाद तिमसेनाले वर्षायाममा बढदो सवारी दुर्घटना न्युनिकरणका लागि बसका चालक तथा सहचालकहरुलाई एक ठाउँमा भेला गरी सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना फैलाएको हो । 
राजविराज स्थित गजेन्द्र चौकमा बसका चालक तथा सह चालकहरुलाई भेला गराई सवारी तिव्र गतिमा नचलाउऔ,गलत किसिमको ओभरटेक नगरौ,मोड तथा घुम्तिहरुमा सवारी विस्तारै चलाऔ ,वाईफर ठिक अवस्थामा राखौ ,ठुलो पानी परेको बेला लाइट डिम गरी सवारी चलाऔ लगायतका ट्राफिक नियमको बारेमा जानकारी गराउँनुभयो ।
त्यस्तै अन्य हेट लाईट ,साईड लाईट,ब्रेक लाइट,ब्याकलाइट आदी दुरुस्त हालतमा राखि चलाऔ,व्यापारीक प्रयोजनका सरसमान लोड गरी यात्रुलाई जोखिममा पारी सवारी नचलाऔ,बसको ठोकामा मानिस झुण्डयाई छतमा मानिसस राखी ट्रकको डालामा मानिस राखि,टयाक्टरको ट्रलिमा मानिस राखि सवारी साधनहरु नचलाऔ र गुडी रहेको सवारी साधनको ढोका अनिवार्य रुपमा बन्द गरौ ,यात्रु ओराल्दा र चढाउँदा मात्र ढोका खुल्ला गरौ जस्ता सवारी दुर्घटना न्युनिकरणको बारेमा सम्पुर्ण बसका चालक तथा सहचालकहरुलाई जनाकारी दिनुभएको थियो । 
सोही अवसरमा संयुक्त रात्रि तथा दिवा बस बुकिङ्ग संचालन समितिका सल्लाहकार दिनेश प्रसाद गुप्ताले बसलाई व्यवस्थित गरी बस संचालन गर्न सम्पुर्ण बसका चालक तथा सहचालकहरुलाई आग्रह गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट