News Category 2071/04/17

५० प्रतिशत अनुदानमा किसानहरुलाई त्रिपाल वितरण

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १५ साउन ।
मसुरो बाली संरक्षणका लागि सप्तरीका किसानहरुलाई ५० प्रतिशत अनुदानमा त्रिपाल वितरण गरेको छ ।  
आर्थिक वर्ष २०७०÷०७१ को मसुरो उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत मसुरो मिसन कार्यक्रमका लागि जिल्लाको विभिन्न २८ गाविसका ३० जना किसानहरुलाई एक) एक थान त्रिपाल नेपाल सरकारको ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।
प्रति त्रिपाल ४ हजार पर्ने उक्त त्रिपाल यहाँका किसानहरुलाई ५० प्रतिशत अनुदानमा अर्थात २ हजारमा त्रिपाल प्रदान गरेकोमा सप्तरीको लौनिया गाविस ६ का किसान रामचन्द्र खंगले खुशि ब्यक्त गर्नुभएको छ ।
मसुरो बाली संरक्षणका लागि ५० प्रतिशत अनुदानमा यहाँका विभिन्न गाविसका ३० जना किसानहरुलाई त्रिपाल वितरण गरेको जिल्ला कृषि विकास कार्यालय सप्तरीका कृषि विकास अधिकृत विद्यासागर यादवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट