News Category 2071/04/20

उन्नाइस दिनमा एक थान पनि हतियार बुझाइएन्

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ साउन । 
अवैध हातहतियार तथा खरखजाना बुझाउन सरकारले आग्रह गरेको १९ दिन बितिसक्दा पनि सप्तरीमा एउटा पनि हतियार कसैले बुझाएका छैनन् ।
प्रशासनले अवैध हातहतियार तथा खरखजाना तोकिएको निकायमा साउन महिना भित्र बुझाउन सर्वसाधारण जनतासँग अनुरोध गरेका थियो । तर साउनको १९ गते सम्ममा कसैले पनि एक थान हतियार नबुझाएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
प्रजिअ यादवले जो कोही सँग अवैध हातहतियार रहेको छ, ती सबैले यही साउन महिना भित्रमा अवैध हातहतियार बुझाउँनुका लागि जिल्लाका सम्पुर्ण आमनागरिकसँग आग्रह समेत गर्नुभएको छ । 
प्रचलित कानुनी व्यवस्थाबारे जानकारी नभएर वा अरु कसैको लहैलहैमा लागेर बिना अनुमति हातहतियार तथा खरखजाना राखेको भए त्यस्ता व्यक्तिलाई आफूसँग भएका सबै किसिमका अवैध हातहतियार तथा खरखजाना जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी निकायमा बुझाउन प्रजिअ यादवले आग्रह गर्नुभएको छ ।
त्यस्तै जिल्लामा अपराधिक क्रियाकलापमा कमि आएपनि साउन महिना भित्र अवैध हातहितयार बुझाउँनका लागि सचेतना फैलाउँदा पनि अहिले सम्म एउटा पनि हतियार नबुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक एसपी दिनेश अमात्यले जानकारी दिनुभयो ।
उहाँले अवैध हातहतियार फेला परेमा प्रचलित कानुनबमोजिम त्यस्ता व्यक्तिलाई पाँच वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने बताउँनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट