News Category 2071/04/20

आजदेखि एसएलसी पूरक (मौका) परीक्षा सप्तरीमा २ परीक्षा केन्द्रमा १ हजार ४ सय ६१ जना परीक्षार्थीहरु सहभागि

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ साउन । 
एसएलसी पूरक (मौका) परीक्षा आज साउन २० गते मंगलबारदेखि सुरु हुदैछ ।
२०७० सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गर्ने मौका परीक्षाको मंगलबार बिहान ८ बजे देखि संचालन हुने तथा परीक्षाको सम्पुर्ण तयारी पुरा भईसकेको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ । 
सप्तरीबाट कुल १ हजार ४ सय ६१ जना परीक्षार्थीहरु सहभागिता हुने जिल्ला शिक्षा कार्यालय सप्तरीका परीक्षा शाखा प्रमुख बिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
प्रमुख चौधरीले परीक्षाको सम्पुर्ण तयारी पुरा भईसकेको तथा जिल्लाको सदरमुकाम राजविराज स्थित केअमावि राजविराज र पवि उच्च माविमा बिहान ८ बजेदेखि परीक्षा संचालन हुने जानकारी दिनुभयो ।
त्यस्तै परीक्षालाई शान्तिपुर्ण र मर्यादित बनाउँनका लागि परीक्षा समन्वय समितिको नेतृत्वमा परीक्षा अनुगमन टोली परिचालन गर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।  
त्यसैगरी मुलुकभरीबाट कुल एक लाख २० हजार ६२७ जना परीक्षार्थी सहभागि हुने तथा देशभर कुल २३४ परीक्षा केन्द्र निर्धारण गरीएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । यस वर्षको परीक्षामा सबभन्दा बढी अनिवार्य गणित विषयमा ६८ हजार २३०, विज्ञान विषयमा ५० हजार ७१९ र अनिवार्य अङ्ग्रेजी विषयमा ३३ हजार ७७ जना परीक्षार्थी सहभागी रहने छन् ।
त्यस्तै ऐच्छिक गणितमा १० हजार ६३९, सामाजिक शिक्षामा १७ हजार १६४, नेपालीमा दुई हजार २९१ परीक्षार्थी छन् । परीक्षा नियन्त्रक द्वारेका अनुसार एक विषयमात्र परीक्षा दिने परीक्षार्थी ५४ हजार ३९२ जना र दुई विषयको परीक्षा दिने परीक्षार्थी ६६ हजार २३५ जना रहेका छन् ।
कार्यालयका अनुसार साउन २० गते अनिवार्य अङ्ग्रेजी र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण र अनुवाद, २१ गते अनिवार्य नेपाली र गैरनेपाली परीक्षार्थीका लागि अङ्ग्रेजी, २२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य, २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा तोकिएको छ । 
त्यसैगरी २५ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा र वेद विद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, २६ गते ऐच्छिक प्रथमपत्रका सबै विषयहरु र २७ गते ऐच्छिक द्वितीय पत्रका सबै विषयको परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा साउन २७ गते संचालन हुनेछ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट