News Category 2070/03/17

गोप्य रुपमै कार्यक्रम गर्छन विकासीय कार्यालयहरु

दैनिक समाचारदाता

दैनिक संवाददाताराजविराज, १६ असार । 
एक बर्षसम्म कुनै पनि किसिमको गतिबिधी नगरेका सप्तरीका विकासीय कार्यालयहरुले आर्थिक बर्षको अन्त्यमा आएर धमाधम कार्यक्रम गर्नमा जुटेका छन् । 
अहिले गरिने कार्यक्रमहरु पनि गोप्य रुपमा गरिदैँ बजेट पचाउने काममा लागिपरेका छन् ।
बाहिरका अन्य निकायलाई जानकारी नै नदिई सरकारी निकायहरु मात्र उपस्थित भएर बजेट सकाउने काममा लागिपरेका छन् सप्तरीका विकासिय कार्यालयहरु । पछिल्लोपटक यसको उदाहरणको रुपमा अगाडि आएका छन् जिल्ला पशु सेवा कार्यालय ।
एक बर्षमा कुनै किसिमको कार्यक्रम नगरेको पशु कार्यालयले गरेको आइतबार कार्यक्रम ग¥यो प्रमुख जिल्ला अधिकारी निवासको बैठक कक्षमा । कार्यक्रममा सरकारी निकायका प्रतिनिधी र कर्मचारी गरी लगभग २० जनाको उपस्थिति थियो । बर्डफ्लु सम्बन्धी गरिएको कार्यक्रममा तीन जना संचारकर्मीको मात्रै सहभागिता थियो । कार्यक्रमबारे हरेक नागरिकले बुझ्नुपर्ने भएपनि पशु कार्यालयले सबै संचारकर्मीहरुलाई जानकारी नदिएका कारण नागरिकहरु सो सूचना पाउनबाट बंचित भएका छन् ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. काशीनाथ यादव आफू अनुकुलको दुईदेखि तीन जना संचारकर्मीलाई नजिकमा राखेर उनीहरुलाई मात्रै सहभागिता गराउँदै आउनुभएको छ । जसका कारण पशु सेवा कार्यालयमा आर्थिक बर्ष २०६९÷७० मा कुन–कुन कार्यक्रम गरेको हो ? त्यस सम्बन्धमा कुनै कुरा बाहिर आउन सकेको छैन् । कुनै पनि आर्थिक बर्षमा पशु कार्यालयले आफ्नो गतिबिधी जनमानस समक्ष राख्न सकेको छैन् । आयोजना गरिने समिक्षा गोष्ठीमा पनि प्रमुख यादवको मुठ्ठीका व्यक्तिहरु मात्र सहभागि हुँदै आएका छन् ।
अब विकासीय कार्यालय कृषिको कुरा । गत बर्षहरुमा सिंचाई र बिऊ, विजनको नाममा व्यापक अनियमितता गरेको कृषि कार्यालयका कर्मचारीहरुले पनि गोप्य रुपमै कार्यक्रमहरु गर्दै आएका छन् । असार १५ गते सप्तरीमै पहिलो पटक मनाइएको रोपाइँ दिवसमा कुनै संचारकर्मीलाई जानकारी गराइएन् । राजविराज ६ खर्साल टोलमा मनाइएको रोपाइँ दिवसबारे संचारकर्मीले बुझ्न नसक्दा सर्वसाधारण जनताहरुले समेत बुझ्न पाएनन् । ‘संचारकर्मीहरुलाई किन जानकारी गर्नुभएन ?’ भनेर जिज्ञासा राख्दा कृषि कार्यालयका प्रमुख अनुपालाल साहले भन्नुभयो, ‘‘पत्रकार महासंघको अध्यक्षलाई त बोलाएको थिएँ ।’’
अध्यक्षलाई मात्र बोलाएर सबै मिडियामा सूचना सम्प्रेष्ण हुन्छ भन्ने मानसिकता अनुपालाल साहसहित बिभिन्न कार्यालयका प्रमुखहरुमा अहिलेसम्म यथावतै रहेको छ । साहको कुरालाई मान्ने हो उहाँको दुई बर्षको कार्यकालमा संचारकर्मी सहभागी हुने कुनै कार्यक्रम कृषि कार्यालयले हालसम्म गरेकै छैन् ।
दुई बर्ष अगाडि कृषि कार्यालयमा बिऊ, विजनमा रु ६० लाखको अनियमितता भएको पुष्टि भएको थियो भने गत बर्ष मात्रै रु ५ हजार पर्ने पानी फ्याँक्ने मोटरको रु १५ हजारको बिल बनाएर रकम झवाम्म् पारेका थिए । यस सम्बन्धमा बारम्बार खोजबिन गर्दा पनि कर्मचारीहरुले कुनै किसिमको जानकारी दिन सकेका छैनन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट