News Category 2071/04/25

शिक्षकमाथी आक्रमणको भत्र्सना

दैनिक समाचारदाता

राजविराज÷एसएलसी पुरक परीक्षामा खटिएका एक जना शिक्षकमाथि विद्यार्थीहरुले आक्रमण गरेका छन् ।
राजविराज स्थित केअमावि परीक्षा केन्द्रमा निरीक्षकमा खटिएका राप्रावि खैरसालका शिक्षक मायाराम भगतलाई परीक्षा सकिएपछि स्थानीय केही युवाहरुको एक समुहले संघातिक आक्रमण गरेको हो ।
आक्रमणबाट सख्त घाईते शिक्षक भगतको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको छ । 
यसैबीच नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मंच सप्तरीले शिक्षकमाथि गरिएको संघातिक आक्रमणको भत्र्सना गरेको छ । 
युनियनका अध्यक्ष फुलेश्वर कुमार मण्डल र मंचका सचिव रामेन्द्रनाथ यादवले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरी शिक्षक भगतमाथि गरिएको आक्रमणको घोर भत्र्सना गर्दै घटनाको वास्तविक छानविन गरी दोषीमािथ आवश्यक कानुनी कार्बाही गर्नुपर्ने जोडदार माँग गरेका छन ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट