News Category 2071/04/27

बस दुर्घटनामा दुईको मृत्यु, २३ घाइते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २६ साउन ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको त्रिकौल गाविस ८ स्थित सडक खण्डमा सोमबार दिउँसो बस पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना गम्भिर तथा १८ जना सामान्य घाइते भएका छन् ।
जनकपुरबाट बिराटनगरतर्फ जाँदै गरेको ना. ३ ख. ३८७९ नम्बरको उक्त बस अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । बस पल्टिदा सप्तरीको बैरवा गाविस १ निवासी ४० वर्षिया खपरीवती रामको र पहिचान खुल्न नसकेको अर्को एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
सामान्य घाइते भएकाहरुको भारदह, कंचनपुर, राजविराजस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भिर घाइते भएकाहरुको धरान र बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै मृत्यु भएकाहरुको शव पाष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याइएको छ । यता बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
यसैबिच बस दुर्घटनामा मृत्यु भएपछि केही बेर स्थानीयबासीहरुले राजमार्ग अवरुद्ध समेत गरेको थियो । राजमार्ग अवरुद्ध गर्दा केही समय त्यहाँ तनावग्रस्त समेत भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट