News Category 2071/04/30

कृष्ण जन्मष्टमीका लागि मुर्तिकारहरु मुर्ति बनाउन ब्यस्त

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ साउन ।
नजिकिदै गरेको श्री कृष्ण जन्मष्टमीका लागि यहाँका मुर्तिकारहरु मुर्ति  बनाउनमा ब्यस्त छन् । 
भदौ १ गते मनाइने श्री कृष्ण जन्मष्टमी पवको अवसरमा यहाँका मुर्तिकारहरु मुर्ति बनाउँनमा दिनरात ब्यस्त छन् । सप्तरीको बनौली गाविस निवासी पर्शुराय यादव एक महिना पहिलेदेखि नै भगवान कृष्णको मुर्ति बनाउनमा ब्यस्त छन ।
सानै उमेरदेखि विभिन्न देवी देवताको मुर्ति बनाउन कला रहेको यादव अहिले श्री कृष्ण जन्मष्टमीको मुर्ति बनाउँन दिनरात कम्मर कसेर लागिपरेका छन् । मुर्ति बनाउने सीपबाट उहाँ मौसम अनुसार घरमै बसेर राम्रो आम्दानी समेत गर्दै आउनुभएको छ । 
उहाँमा कृष्ण जन्मष्टमी, वडा दशै, विश्वकर्मा, सरस्वति पुजा सहित विभिन्न समयमा देवी देउताको मुर्ति बनाउन कला रहेको छ । उहाँ मौसम अनुसार विभिन्न  मुर्ति बनाउने कार्यमा सक्रिय हुने गरेको र सो बाट राम्रो आम्दानी गर्दै आएको बताउँनुहन्छ । 
उहाँ सानै उमेरदेखि विभिन्न कलात्मक मुर्ति बनाउने सीप सिकेको तथा समय अनुसार मुर्ति बनाएर मासिक १० देखि २५ हजारसम्म आम्दानी समेत गर्दै आउनुभएको छ ।
उहाँ जस्तै बरही बिरपुर ७ का अर्का कलाकार जोगेन्द्र प्रसाद यादव पनि कृष्ण जन्मष्टमीको मुर्ति बनाउन दिनरात लागिपरेका छन् । उहाँ पनि सानै उमेरदेखि विभिन्न कलात्मक मुर्ति बनाउँदै आएको बताउँदै समय अनुसार विभिन्न देवी देउताको मुर्ति बनाएर राम्रो आम्दानी गर्दै आएको बताउँनुहुन्छ । 
कृष्ण जन्मष्टमीको दुई दिन बाँकी रहँदा सप्तरी सदरमुकाम राजविराज १ स्थित हटियाको राधाकृष्ण मन्दिरका साथै जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा रहेको भगवान कृष्णको मन्दिरहरु सफा गरि सजावट कार्य तिब्र रुपमा भइरहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट