News Category 2071/04/31

प्रअमाथि कार्बाहीको माग

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३० साउन ।
सप्तरीको हर्दिया गाविस ८ कमलपुरस्थित जनता निमाविका प्रधानाध्यापक गेना लाल चौधरीले विद्यालयको रकम अनियमितता गरेको भन्दै स्थानीयबासीहरुले जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएका छन् । 
विद्यालयका प्रअ चौधरीले विद्यालयमा अध्ययनरत दलित बालबालिकाहरुलाई छात्रबृति रकम नदिई आर्थिक हिनामिना गरेको तथा विद्यालयको कम्पाउण्ड घेरा निमार्णका लागि २ लाख ५० हजार मध्ये १ लाख ५० हजार रकम हिनामिना र प्रअले आफु मनोमानी ढंगले शिक्षिका नियुक्ती गरेको भन्दै स्थानीय अभिभावकहरुले शुक्रबार जिल्ला शिक्षा अधिकारी डिक बहादुर राई समक्ष ज्ञापन पत्र बुझाएको हो । 
स्थानीय ईनर बति सदा, आशा देवी सदा, फुलो देवी राम, मंजु देवी राम असर्फी राम, चलितर राम, सर्जुग राम सहितकाहरुले विद्यालयका प्रअ चौधरीमाथि आवश्यक छानविन गरी कडा कानुनी कार्बाही तथा प्रअको सरुवाको माग समेत ज्ञापनपत्र मार्फत गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट