News Category 2071/05/09

गोईत पार्टीको नाम पुनः अखिल तराई मुक्ति मोर्चा

दैनिक समाचारदाता

दैनिक सम्वाददाता
राजविराज, ८ भदौ ।
तराईमा सशस्त्र संघर्षरत जयकृष्ण गोईत नेतृत्वको तराई कम्युनिष्ट पार्टी (माओवादी) को नाम पुन परिवर्तन गरी अखिल तराई मुक्ति मोर्चा राखिएको छ । 
मोर्चाका केन्द्रिय संयोजक जय कृष्ण गोईतले विज्ञप्ती प्रकाशन गरी पार्टीको नाम पुनस्ः अखिल तराई मुक्ति मोर्चा नै राखिएको उल्लेख गरिएको छ ।
संयोजक गोईतद्धारा हस्ताक्षरित विज्ञप्तीमा हाम्रो साध्य तराईको मुक्ति रहेको बताउँदै तराई मुक्तिको लागि बनाइएको राजनीतिक संगठन मोर्चा वा पार्टी साधन रहेकाले साधनको नाम फेरिदैमा साध्य नफेरिने बताइएको छ । जिल्लाहरुको अधिकांश नेता, कार्यकर्ता, सहयोगी, समर्थक र शुभचिन्तकहरुको चाहना अनुरुप तराई कम्युनिष्ट पार्टी (माओवादी)को सट्टा पार्टीको नाम पुन.अखिल तराई मुक्ति मोर्चा नै राजनैतिक प्रतिनिधित्व गर्ने संगठित अग्रदस्ता दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट