News Category 2071/05/07

सप्तकोसीमा तीन महिनासम्म माछा मार्न निषेध

दैनिक समाचारदाता

इनरुवा, ६ भदौ । 
कोसीटप्पु वन्यजन्तु आरक्षले सप्तकोसी नदीमा तीन महिनासम्म माछा मार्न निषेध गरेको छ ।
आरक्षले माछाको प्रजनन अवधि असारदेखि भदौसम्मका लागि माछा मार्न निषेध गरेको आरक्षले जनाएको छ ।
कोसीमा २०२ प्रजातिको माछा पाइने भनिए पनि अहिले १२७ प्रजातिको माछा मात्रै पाउने गरेको र विभिन्न माछा प्रजातिका लागि प्रजननको उपयुक्त समयावधि असारदेखि भदौसम्म हुने भएकाले प्रजननका लागि माछा मार्न निषेध गरिएको आरक्षका सूचना अधिकृत झोलाइ चौधरीले बताउनुभयो ।
देशभर माछाको वार्षिक उत्पादन ४८ हजार मेट्रिक टन रहेको भए पनि ५० प्रतिशत माछा प्राकृतिक जलाशयमा उत्पादन हुने गरेको छ । सप्तकोसीबाट कुनै समयमा दैनिक तीनदेखि चार क्विन्टल माछा निकाल्ने गरिन्थ्यो भने अहिले माछा मार्न निषेध गरिएकाले कोसीमा माछा बढेको आरक्षको भनाइ छ ।
नेपालको जलचर संरक्षण ऐन, २०१७ र त्यसको पहिलो संशोधन ऐनले सप्तकोसी नदीको केही भागमा माछा मार्न निषेध गरेको चौधरीले बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस

ताजा अपडेट